२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बीमा समितिद्वारा नयाँ निर्देशिका जारी


0
Shares

काठमाडौं, पुस ८ । बीमा समितिले जीवन बीमाको पहुँच वृद्धि गर्न र निर्जीवन बीमाको दायरा बढाउने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेको छ ।

समितिले आईतबार पत्रकार सम्मेलन गरी जारी नयाँ निर्देशिकाबारे जानकारी गराएको हो । जीवन बीमाको पहुँच बृद्धि र निर्जीवन बीमाको दायरा बढाउन परिमार्जन गरिएको निर्देशिका आगामी माघ १ गतेबाट लागू हुने समितिले जनाएको छ ।

वैदेशिक रोजगार म्यादी बीमासमेतलाई जोड्दा कुल जनसंख्याको १६ प्रतिशत जनसंख्यामा बीमा पुगेको पनि समितिले जनाएको छ । बीमा समितिले १२ प्रकारका जोखिमको नयाँ बीमालेख ल्याएको छ ।

समितिले पुरानो अग्नि बीमालाई प्रतिस्थापन गर्दै नयाँ बीमालेख सार्वजनिक गरेको छ । यस बीमालेखमार्फत बिमितले आफ्नो १ करोडसम्मको घरलाई प्रतिहजार ४० पैसा प्रिमियम तिरेर बीमा गर्न सक्ने भएका छन् ।