२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मतदान गरेपछि रक्षामन्त्री प्रधान र गगन थापाले के भने ?


0
Shares

बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ को ज्याठा मतदान केन्द्रमा पुगेर मतदान गर्दै रक्षामन्त्री प्रधानले सुरक्षाको सम्पूर्ण व्यवस्था सरकारले गरेकाले ढुक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गरे ।

उनले मतदातालाई कुनै समस्या भए सुरक्षा निकायसँग समन्वय गर्न पनि सुझाव दिए ।

निर्वाचन शान्तिपूर्णरुपमा भइरहेको भन्दै उनले मतदाताको सुरक्षाका लागि कुनै कसर बाँकी नराखेको स्पस्ट पारे ।

यसैबीच, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ को मैतीदेवी मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

उनले अब अल्मलिने समय नभएको भन्दै मतदाताको मतको परिणामबाट समुन्नत नेपाल निर्माण हुने विश्वास व्यक्त गरे ।

नेता थापाले निर्वाचन संविधान कार्यान्वयनका लागि भएको भन्दै अब विकासले गति लिने पनि बताए ।