
जिल्लाभर शान्तपूर्णरुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले जानकारी दिएको हो ।
बिहीबार दिउँसो २ बजेसम्ममा अछाममा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।
यसैबीच, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले अछामको साफेबगर नगरपालिका–६ मा रहेको सूर्योदय प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
रावल अछाम निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस्