३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


मतदानको समय सकियो


0
Shares

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको हो ।

बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । तर, मतदान केन्द्रमा लाइनमा रहेका मतदाताहरुले भने अबेरसम्मै भोट दिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

अपराह्न ४ बजेसम्मको रिपोर्टअनुसार ६० प्रतिशत मतदान भएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६६३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी प्रदेशसभातर्फ २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।