
जिल्लामा रहेका कुल एक लाख पाँच हजार १८८ मतदातामध्ये ७१ हजार २५१ मत खसेको मुख्य निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
मतदान सकिएपछि गाउँगाउँमा मतपेटिका लिनका लागि जिल्लाबाट सुरक्षाटोलीसहितको गाडी पठाएको छ ।
सबै मतदान केन्द्रबाट बिहीबार रातिभरिमा सबै मतपेटिका धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा ल्याइसक्ने जनाइएको छ ।
शुक्रबार बिहान राजनीति दलका प्रतिनिधिसँग बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्