
क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जनले अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले पछ्याउँदै छन् । क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याउँदै छिन् ।
ललितपुर क्षेत्र नं. १ को मतगणना भने अझै शुरु भएको छैन ।
यता १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना शुरु भएको छ । अहिले काठमाडौं क्षेत्र नम्बर १ को मतगणना भइरहेको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकले १० बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको थियो । काठमाडौं निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नं. ९ र १० को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना भइरहेको छ ।
निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा मतगणना भइरहेको छ ।
काठमाडौंमा प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपछि मात्रै प्रदेशसभा सदस्यको मतगणना गर्ने सहमतिसमेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्