
शुक्रबारमध्यान्हसम्मको परिणाम अनुसार १६ हजार २ सय ७३ मत गणना भइसक्दा डा भट्टराईले मुख्य प्रतिश्पर्धी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्दा एकहजार ५ सय ७६ मतले अग्रता बनाएका हुन् । डा. भट्टराईले ८ हजार ७ सय ९५ र श्रेष्ठले ७ हजार २ सय १९ मत प्राप्त गरेका छन् ।
त्यस्तै गोरखाका क्षेत्र नं १ मा ११ हजार ६ सय ८७ मत गन्दा माओवादी केन्द्रका हरिराज अधिकारीले ५ हजार ३ सय २८ र नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् ।
यसैगरी गोरखा प्रदेशसभातर्फ क्षेत्र नं १को प्रदेश (क) मा ९,२४९ मत गणना भइसक्दा माओवादी केन्द्रका लेखबहादुर थापाले ५,०८३ र नेपाली कांग्रेसका धिरन थापाले ३,६९३ मत पाएका छन् ।
त्यस्तै क्षेत्र नं १ को प्रदेश (ख) मा ८,८८३७ मत गणना भइसक्दा नेकपा एमालेका रामशरण बस्नेतले ५,०७६ र नेपाली कांग्रेसका राजेन्द्र बजगाँईले ३,२८४ मत पाएका छन् ।
गोरखा क्षेत्र नं २ को प्रदेश (क) मा नयाँ शक्तिका हरिशरण आचार्यले ४,७४० मत पाएका छन् भने माओवादी केन्द्रकी कमला नहर्कीले ४,३७५ मत पाएकी छन् ।
त्यस्तै गोरखा क्षेत्र नं २ को प्रदेश (ख) मा १०,४८८ मत गणना भइसक्दा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ५,३६३ र माओवादी केन्द्रका अमर बहादुर तमुले ४,४८३ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्