२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


म्याग्दीको प्रदेशसभा ‘ख’मा एमालेकी पुन र ‘क’मा माओवादी केन्द्रका केसी विजयी


0
Shares

शुक्रबार सम्पन्न मतगणनानुसार नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८७१ मतान्तरले नेपाली कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन् ।

एमालेकी पुनले १० हजार ८६८ र कांग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

त्यसैगरी, म्याग्दीको प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन् ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस–राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मतान्तरले पराजित गरे ।

केसीले १४ हजार ७०४ र उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फको मतगणना जारी रहेको छ ।