२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


अमेरिकाले नेपालको छिमेक नीतिबारे राख्यो जिज्ञासा


0
Shares

काठमाडौं, पुस ८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मामिलामा छलफल भएको बताएका छन् ।

अमेरिकी विदेशमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा अमेरिका भ्रमण गरी स्वदेश फर्केपछि आज पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले भ्रमण औपचारिक छलफलमा केन्द्रीत रहेको भन्दै नेपालको परराष्ट्र नीति, सरकारको विकास योजनाबारे जानकारी गराएको बताए । अमेरिकी विदेशमन्त्रीले सार्क, बिम्स्टेकजस्ता क्षेत्रीय संगठन र छिमेक नीतिका विषयमा नेपालले हेर्ने दृष्टिकोणबारे जिज्ञासा राखेको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजनीतिक अस्थिरताका कारण औपचारिक रुपमा उच्च तहमा छलफल हुन नसके पनि अब अमेरिकाले नेपाललाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनले अमेरिकाले नेपाली वस्तुहरुमा दिँदै आएको भन्सार छुटका वस्तुमा गार्मेन्टलाई पनि समावेश गर्न आफूले आग्रह गरेको जानकारी दिए । नेपाल र अमेरिकाबीच करिब दुई दशक यता पहिलो पटक उच्चस्तरीय वार्ता भएको हो ।