
अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ५ जना विजयी भएका छन् ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् भने एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका भूपेन्द्रबहादुर थापा २२,१७० मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खम्बीर गर्बुजाले २०,०५३ मत पाए ।
मुगुमा प्रतिनिधिसभा सदस्यमा एमालेका गोपालबहादुर बम विजयी भएका छन् ।
हुम्लाको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८,४९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाहीले ८,४४४ मत प्राप्त गरेका छन् ।
बझाङको प्रतिनिधिसभा सदस्यमा एमालेका भैरवबहादुर सिंह २८,८८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका पृथ्वीबहादुर सिंह २३,२२२ मत प्राप्त गरे ।
यसैगरी, रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोकामगर १०,४३४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हरिशंकर घर्तीले ४,४०६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् । उनले २,३०० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले २,०२१ मत प्राप्त गरे ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचनले ३,५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३,२८१ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्