२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


प्रदेशसभातर्फ अहिलेसम्म कहाँ–को भए विजयी ?


0
Shares

काठमाडौं, मंसिर २२ । प्रदेशसभातर्फको मतपरिणाम धमाधम आइरहेको छ ।

अहिलेसम्म प्रदेशसभा सदस्यमा नेकपा एमालेका ७, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका २ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।

यसक्रममा म्याग्दीको प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका विनोद केसी १४,७०४ मतसहित विजयी भएका छन् भने ‘ख’मा नेकपा एमालेकी नरदेवी पुन १०,८६८ मत प्राप्त गरी विजयी भइन् ।

हुम्ला प्रदेशसभा ‘क’मा एमालेका बल रावल ७,१५८ मतसहित विजयी भएका छन् भने जुम्ला प्रदेशसभा ‘ख’मा एमालेकै पदम रोकाया १०,४५८ मतसहित विजयी भए ।

रसुवा प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका प्रभात लामा ६,९७६ मतसहित विजयी भएका छन् ।

मुस्ताङ ‘क’बाट एमालेका इन्द्रधारा विष्ट १,१६७ मत ल्याएर विजयी भएकी छन् ।

प्रदेशसभा सदस्यमा मनाङ ‘क’बाट कांग्रेसका चिन्ताबहादुर घले ९९८ मत ल्याएर विजयी भएका छन् भने मनाङ ‘ख’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीव गुरुङ १,४१० मतका साथ विजयी भएका छन् ।

यसैगरी, रुकुम पूर्वको प्रदेशसभा सदस्य ‘क’मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् । उनले ५,४२७ मत प्राप्त गरी विजयी भएका हुन् ।

रुकुम पूर्व ‘ख’मा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती ५,८१६ मत ल्याएर विजयी भएका छन् ।

डोल्पा प्रदेशसभा ‘क’मा एमालेका नन्दसिंह बुढा ५,४९० मत ल्याएर विजयी भएका छन् ।

बाजुरा प्रदेश ‘क’मा एमालेका बलदेव रेग्मी ९,८४० मतका साथ विजयी भएका छन् ।

अहिलेसम्म जारी मतगणनामा अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।