२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


डोटीमा राति १० बजेपछिमात्रै मतगणना सुरू हुने


0
Shares

जोरायल गाउँपालिका, बोगटान गाउँपालिका र बडिकेदार गाउँपालिकाका २१ मतदान केन्द्रबाट मतपेटिका संकलन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले बताए ।

मतगणनाका विषयमा शुक्रबार दिउँसो बसेको सर्वदलीय बैठकले शुक्रबार राति ७ बजेमात्रै सबै मतपेटिका मतगणनास्थलमा पुग्ने भएकाले राति १० बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको छ ।

डोटीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईओटा निर्वाचन क्षेत्र रहेको छ ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली, बत्ती सुरक्षाकर्मीलगायतको सबै तयारी पूरा भएको जनाइएको छ ।

भौगोलिक विकटता, कच्चीसडक र सुरक्षाका कारण बिहीबार राति नै मतपेटिका ल्याउन नसकिएको जनाइएको छ ।

२ नगरपालिका र ७ ओटा गाउँपालिका रहेको डोटीमा १ लाख ६ हजार ५४३ मतदाता रहेका छन् । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार डोटीमा ६३ प्रतिशत मत खसेको छ ।