२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


काठमाडौं–१ र ४ मा कांग्रेस, २ र ३ मा एमाले अगाडि


0
Shares

शुक्रबार राति ८ बजेको मतपरिणामअनुसार काठमाडौं क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पाँच हजार ५३४, विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले चार हजार ८१२ र वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अनिल शर्माले दुई हजार ३११ मत प्राप्त गरेको क्षेत्र नम्बर–१ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिए ।

यस्तै, क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चार हजार ३५६, कांग्रेसका उम्मेदवार दीपकप्रसाद कुइँकेलले दुई हजार २९४ र विवेकशील साझा पार्टीका उम्मेदवार सूर्यराज आचार्यले एक हजार ९०० मत प्राप्त गरेको क्षेत्र नम्बर–२ का सहायक निर्वाचन अधिकृत अञ्जन भट्टराईले जानकारी दिए ।

यसैगरी, क्षेत्र नम्बर–३ मा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईले चार हजार २४६ र नेपाली कांग्रेसका उम्मेदवार अम्बिका बस्नेतले तीन हजार ७५८ मत प्राप्त गरेको क्षेत्र नम्बर–३ का सहायक निर्वाचन अधिकृत विना खड्काले जानकारी दिइन् ।

यस्तै, क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले ६ हजार ४५१, नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले ६ हजार ३६३ र विवेकशील साझाका उम्मेदवार सुबुना बस्नेतले ३९३ मत प्राप्त गरेको क्षेत्र नम्बर–४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिए । रासस