Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सोलुखुम्बुमा पूर्वमन्त्री मन्त्री केसी माओवादीका पूर्वलडाकुसँग पराजित


0
Shares

प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छन् । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याएका छन् ।

प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन् । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याएका छन् ।

प्रदेशसभा (खं) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् ।

राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका नेता आङगेलु शेर्पालाई पराजित गरेका हुन् । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गरेका छन् । रासस