२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


भागबण्डामा कर्मचारी नियुक्ती गरिएको भन्दै विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित


0
Shares

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित भएका छन् ।

विश्वविद्यालयमा प्राध्यापक तथा कर्मचारी नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै प्राध्यापकहरु आन्दोतिल भएका हुन् ।

क्याम्पस प्रमुख डा.भूपेन्द्र विष्टले मनोमानी रुपमा मापदण्डविपरीत कर्मचारी नियुक्त गरेको भन्दै प्राध्यापकहरुले आज एक दिनका लागि पेन डाउन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी नियुक्ति खारेजीको विषयमा नागरिक समाज र विद्यार्थीले उठाएका मागलाई आफूहरुले पनि समर्थन गर्दै एक दिनका लागि पेन डाउन गरेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक यज्ञराज पाठकले बताए ।

उनले क्याम्पस प्रमुखले सामान्य मापदण्ड पुरा नगरी कर्मचारी भर्ना गरेकाले सो निर्णय बदर गर्नुपर्ने माग गरिएको बताए ।

आफूहरुका मागको सम्बोधन नभए विकृति र विसंगतिका विरुद्ध अझ सशक्त ढंगले आन्दोलन अघि बढाउने चेतावनी प्राध्यापकहरुले दिएका छन् ।

क्याम्पस प्रमुख विष्ट र प्राध्यापक संगठनका केही कर्मचारीले भागबण्डाका आधारमा कर्मचारी नियुक्त गरेको भन्दै चार विद्यार्थी संगठनले गत आइतबारबाटै संयुक्त आन्दोलन गर्दै आएका छन् । आन्दोलनका कारण विश्वविद्यालयको पठनपाठन ठप्प छ ।