प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केशवप्रसाद दाहाललाई फराकिलो मतान्तरले पराजित गरेका भट्टराईले शनिबार सन्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रतिपक्षमा भएको समयमा दिएजस्तो दुःख अबको वाम गठबन्धनको सरकारले नदिने बताए ।
देशभर वाम गठबन्धनको लहर आएको र अबको पाँच वर्ष राजनीतिक प्रतिसोध साँध्ने नभइ काम गरेर देखाउने समय भएकाले प्रतिपक्षी दललाई पनि सँगै लिएर हिँड्ने वातावरण बनाउने उनको भनाइ थियो ।
ताप्लेजुङमा वाम गठबन्धनले प्रदेशसभातर्फ सबै क्षेत्र र प्रतिनिधिसभामा जिते पनि पराजित उम्मेदवारसँग सहकार्य गर्दै जिल्लाको विकासमा आफ्नो ध्यानकेन्द्रित गर्ने भट्टराईको भनाइ छ ।
उनले पाँच वर्षभित्रमा ताप्लेजुङलाई देशकै नमुना जिल्ला बनाउने दाबीसमेत गरे ।
ताप्लेजुङका मतदाताहरुलाई धन्यवाद दिँदै विजयी भट्टराईले आफूले मतदातासमक्ष गरेका बाचा पूरा गरेरै छाड्ने बताए ।
शनिबारै मुुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेता उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
प्रतिनिधिसभामा भट्टराईले २९ हजार ४७९ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम् प्रतिद्वन्द्वी कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्