
वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका राईले १८ हजार ९३३ मत ल्याएर विजयी भएका हुन् ।
राईका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४११ मत ल्याएका छन् ।
विजयी राईले पोखरेललाई पाँच हजार ५२२ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
२०३९ सालदेखि अनेरास्ववियु पाँचौंबाट राजनीतिक यात्रा सुरु गरेका राई हाल एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् । विद्यार्थी आन्दोलनका योद्धा राई यसअघि एमाले खोटाङका सचिव थिए ।
२०२८ साल कात्तिक २५ गते खोटाङ, केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जन्मिएका राईले काठमाडौंको आरआर क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका छन् ।
शालिन स्वभावका राईले २०६२/०६३ सालको जनआन्दोलनकाक्रममा सात विद्यार्थी संगठनको नेतृत्व गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्