
रक्षामन्त्रीसमेत रहेका प्रधान १६ हजार ७८५ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।
प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले पराजित गरे । सुवेदीले १५ हजार ४८५ मत प्राप्त गरे ।
तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले चार हजार २२५ मत पाएका छन् ।
यो क्षेत्रमा कुल ५८ हजार १८६ मतदाता रहेकामा ४२ हजार ३९९ अर्थात् ७२.८६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए ।
यसमध्ये ३९ हजार २६८ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणनाको तयारी भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्