२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


कृष्णबहादुर महराले चुनाव जितेपछि के भने ?


0
Shares

निर्वाचित भएलगत्तै रासससँग संक्षिप्त कुरा गर्दै महराले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने बताए । उनले सबैसँग सहमति र सहकार्य गरेर देशलाई समृद्धितर्फ लैजाने बताए ।

उनले दाङलाई प्रदेश नम्बर–५ को राजधानी बनाउन आफूले पहल गर्ने बताए ।

दाङ–२ बाट महरा ३९ हजार ९६० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु खनालले २६ हजार ३६ मत प्राप्त गरे ।

नेता महराले निर्वाचित भइसकेपछि ‘आफू सबैको साझा प्रतिनिधि रहेको र मतदान गर्ने र मतदान गर्न नसकेका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्नेछु’–भने ।

उनले निर्वाचनमा विजयी हुनु र विजयी हुन नसक्नु स्वाभाविक प्रक्रिया रहेको बताउँदै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रसका उम्मेदवारलगायत अन्य सबै उम्मेदवारलाई धन्यवाद दिए ।

उनले निर्वाचनमा सहयोग गर्ने आम मतदातालाई पनि धन्यवाद दिएका छन् ।

महरालाई आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । रासस