
नेपालगन्ज, पुस ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले करको दायरा फराकिलो पार्दै लगेको बताएका छन् ।
सरकार करको दर नभइ दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उनको भनाइ छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले ‘करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन । व्यवसायीलाई करको दायरामा ल्याउने हो’–भने ।
भौगोलिकरुपमा पनि करको दायरा बढाइँदैछ भन्ने उदाहरण सुर्खेतमा राजश्व कार्यालय स्थापना हुने भएको पनि उनले बताए ।
करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयकारुपमा विकास गर्ने र भौगोलिकरुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको पनि उनको भनाइ थियो ।
उनले संक्रमणकालमा केही महिना द्विविधा भएपनि आगामी दिनमा सबै कुरा सहज हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्