Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कांग्रेसका युवा नेता पौडेलद्वारा पुनः मतदानको माग


0
Shares

माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल २ हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उनले बताए ।

सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला पाँच मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिए ।

‘फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरै हुँदैन’ पौडेलले भने । निर्वाचन अधिकृतसमक्ष ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग राख्दै निवेदन दिएको उनले बताए ।

कोइरालाले १६ हजार ६४६ मत पाएर विजयी भएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले पाँच मत कम १६ हजार ६४१ मत पाएका थिए । पौडेलका सर्मथकले पुनःमतदानको माग गर्दै दमौली बजारमा नारावाजी गरेका थिए । रासस