१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जुम्लामा समानुपातिक तर्फ माओवादीको अग्रता, कांग्रेस दोस्रोमा


0
Shares

शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुवैे तहको समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्र पहिलो भएको छ ।

जसले प्रतिनिधिसभातर्फ १० हजार ९८८ मत प्राप्त गरेको छ । दोस्रो नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा (एमाले)ले मत प्राप्त गरेका छन् ।

क्रमशः नेपाली काँग्रेसले १० हजार ९२९ र एमालेले भने १० हजार ६९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

उनका अनुसार दुई हजार ४०३ मत ल्याएर नेपाल मजदुर किसान पार्टी चौथो र एक हजार ५८१ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँं स्थानमा पुगेको छ । क्रमशः राप्रपा (राष्ट्रवादी) नयाँ शक्तिलगायतका पार्टी रहेको उनले बताए ।

खसेको जम्मा ४१ हजार ४५६ मतमा प्रतिनिधिसभातर्फ ३९ हजार ८२ सदर प्रदेशसभातर्फ ३७ हजार ५०९ सदर भएको छ ।

प्रतिनिधिसभातर्फ दुई हजार ३७४ मत बदर भएकोमा प्रदेशसभामा त्यसको झण्डै दोब्बर तीन हजार ९४७ मत बदर भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जुम्लामा २३ दललाई मतदान भएको बताइएको छ । रासस