कांग्रेसका एनपी साउद ८ हजार बढी मतान्तरले नर बहादुर धामीसँग पराजित • Image Khabar Image Khabar


कांग्रेसका एनपी साउद ८ हजार बढी मतान्तरले नर बहादुर धामीसँग पराजित


Imagekhabar
२५ मंसिर २०७४, सोमबार १०:१३

कांग्रेसका एनपी साउद ८ हजार बढी मतान्तरले नर बहादुर धामीसँग पराजित

सोमबार सम्पन्न मत परिणाम अनुसार वामका उम्मेदवार धामीले ८ हजार ३२७ मतको अन्तरले हराउदै निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ अधिकृतको कार्यालयका अनुसार धामीले २४ हजार ८९३ र साउदले ३३हजार २२०मत ल्याएका थिए ।

निर्वाचन क्षेत्र नम्बर २मा ८९ हजार ७९१ कुल मतदाता मध्ये ६२ हजार ७८१ मत खसेको थियो ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ का दुवै प्रदेशसभामा वाम गठबन्धन कै उम्मेदवार निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर २ को क र ख प्रदेश सभामा वामका उम्मेदवारले निटकत नेपाली काँग्रेसका उम्मेदवारलाई हराउदै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ अधिकृतको कार्यालयका अनुसार (क) प्रदेशसभा तर्फ वाम गठबन्धनका उम्मेदवार महेश दत्त जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार पुष्करराज ओझालाई ५ हजार २९ मतले हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

जोशीले १७ हजार, ६७२ र ओझाले १२ हजार ४६२ मत ल्याएका थिए । यस प्रदेशमा ३० हजार ८०२ मत खसेको थियो ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभा तर्फ पनि वामकै उम्मेदवार लाल बहादुर खडका निर्वाचित भएका छन् ।

खडकाले आफ्ना निकटतम प्रतिद्वन्दी बहादुर सिह थापालाई ४हजार ५३४मतले अन्तरले हराउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

खडकाले १६हजार ३८५ र थापाले ११ हजार ८५१मत ल्याएका थिए । यस प्रदेशमा २९ हजार ३१४ मत खसेको थियो ।

निर्वाचन क्षेत्र नम्बर २बाट निर्वाचित तीनै जना वामका उम्मेदवारले निर्वाचनमा जनता संग गरेका बाचा पुरा गर्ने उद्घोष गरेका छन् ।

निर्वाचन अधिकृत विष्णू प्रशाद पौडेलले सोमबार दिउँसो मात्रै प्रमाण पत्र वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्