२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गोरखापत्र संस्थानको महाप्रबन्धकमा उपाध्याय, चलचित्र विकास बोर्डको अध्यक्षमा पौडेल नियुक्त


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ ।

त्यसैगरी, चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्ति गरेको छ ।

बैठकपछि सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बैठकमा प्रदेशप्रमुख र प्रदेशको राजधानीकाबारेमा छलफल भएपनि कुनै निर्णय नभएको जानकारी दिए ।