
आइतबार बिहान सबेरै आसाम राज्यमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ ।
भारत ठूलो संख्यामा हात्तीहरु रहेको देश हो । हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन् । त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ ।
आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताए ।
सन् २०११ मा भएको गणनाअनुसार आसाममा मात्र ५ हजार ६२० ओटा हात्ती रहेका छन् । भारतका अन्य राज्यको तुलनामा आसाममा रहेको यो संख्या बढी हो । आसाममा यस वर्षमात्र करिव ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताएका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्