Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


मुख्य अभिभारा संविधान संशोधन र अधिकार प्राप्ती : महन्थ ठाकुर


0
Shares

सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा महोत्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएको प्रमाणपत्र बुझ्दै सन्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुको मुख्य मुद्दा नै संविधान संशोधन र मधेसको अधिकार रहेको बताउँदै सोही मुद्दालाई लिएर आफूहरु जनतामाझ गएको र जनताले आफूहरुलाई सोही ‘म्यान्डेड’ दिएर जिताएको जिकिर गरे ।

उनले आफूहरु अहिलेपनि संघर्षमा रहेको भन्दै चुनावलाई आफूहरुले आन्दोलनकै एउटा स्वरुपकोरुपमा लिएको बताए ।

सबैको मधेसी जनताको भावना र चाहनालाई कदर गदै आफूहरु अगाडि बढ्ने उनको भनाइ थियो ।

सन्चारकर्मीहरुले सोधको एक प्रश्नमा संयोजक ठाकुरले ‘बेला आएपछि मुख्यमन्त्री को बन्छ ? थाहा पाइहाल्नुहुन्छ’–भने ।

राजपाले जारी गरेको घोषणापत्रअनुसार नै आफूहरु अगाडि बढ्ने भन्दै उनले मुख्य अभिभारा संविधान संशोधन र अधिकार प्राप्ती नै उल्लेख गरे ।

त्यसैगरी, राजपा अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले विजयी भएको प्रमाणपत्र बुझ्दै आफ्नो जित अधिकारको लडाइँ लडिरेहका सम्पूर्ण मधेस र मधेसीको भएको प्रतिक्रिया दिए ।

भण्डारी महोत्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रांगणमा सोमबार बिहान ११ बजेतिर पहिला भण्डारी आफ्ना क्षेत्रका प्रदेशसभाका उम्मेदवार जयनुल राइनसहित पुगेका थिए ।

त्यसको एक घन्टापछिमात्रै संयोजक ठाकुर क्षेत्र नम्बर–३ का विजयी उम्मेदवारसहित प्रमाणपत्रका लागि पुगेका थिए ।