देउवासहित कांग्रेस केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्छ : प्रधान • Image Khabar Image Khabar


देउवासहित कांग्रेस केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्छ : प्रधान


Imagekhabar
२५ मंसिर २०७४, सोमबार १८:२५

देउवासहित कांग्रेस केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्छ : प्रधान

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले चुनावमा कांग्रेसले व्यहोरेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजीनामा दिएर विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले पार्टी सभापतिको नेतृत्वमा चुनाव भएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र संविधान कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताए ।

तर, कांग्रेस हार्नुमा मूलतः नेतृत्वको ठूलो कमजोरी भएको उल्लेख गर्दै प्रधानले पार्टी सभापति, पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापति सबैले सामूहिक राजीनामा दिनुपर्ने बताए ।

सभापति देउवाले अनेक चुनौतीकाबीच पनि चुनाव सम्पन्न गराएर देशका लागि ठूलो योगदान गरेको बताउँदै उनले कांग्रेसले चुनाव हार्नुको पछाडि देउवामात्र नभएर सबै शीर्ष नेता जिम्मेवार भएको बताए ।

देउवालाईमात्र दोष दिएर कोही पनि उम्कन नमिल्ने भन्दै उनले केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले यसपटकको निर्वाचनमा शेरबहादुर देउवा, केपी शर्मा ओलीभन्दा पनि पुष्पकमल दाहाल सफल भएको बताए ।

प्रधान काठमाडौं निर्वाचन क्षेम्बर–६ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्