
प्रकाश मैनाली/ईमेज
सर्लाही । सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवामा १ युवकको विभत्स ढंगले हत्या गरिएको छ ।
बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो।
धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान महतोको शव फेला परेको छ ।
हत्या घटनाबारे बिहान ४ बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए ।
नयाँरोड–बरहथवा सडकखण्डबाट हात्तीडण्डा तर्फ जाने भित्रीबाटोमा टाउको क्षत विक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको छ ।
जिल्लाकै जिरायतमा निजी विद्यालय सञ्चालन एवं अध्यापन समेत गर्दै आएका महतोको हत्यामा संलग्नको पहिचान एवं खोजी कार्यसहित घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खैरवारले बताए।
प्रतिक्रिया दिनुहोस्