Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


ज्योतिषीमा विश्वास गर्नेका दिन अब सकियो : रावल


0
Shares

सोमबार अछाम सदरमुकाम मंगलसेनमा आयोजित विजयीसभालाई सम्बोधन गर्दै रावलले जनताले कम्युनिष्टप्रति गरेको विश्वास र भरोसालाई कमजोर हुन नदिने बताए ।

वाम गठबन्धनको विजयसँगै अब बन्ने नयाँ सरकारले देशको विकास र आर्थिक समृद्धिलाई तीव्रगतिमा अघि बढाउने उनको भनाइ थियो ।

देशको साझा सवाल र जनताका समस्यालाई समाधान गर्नका लागि जनताले वामपन्थी दललाई विजयी गराएको रावलले बताए ।

अछामका सबै ६ ओटै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भइसकेपछि गरिएको विजयीसभामा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै रावलले ‘ज्योतिषीमा विश्वास गर्नेका दिन अब सकिएको’ बताए ।

वामपन्थीको सरकार बनेपछि सडक, पुल, विमानस्थल, जलविद्युत् आयोजना, अस्पताललगायत निर्माण गरेर जनतालाई खुसी दिने भन्दै उनले कसैले पनि रुन नपर्ने बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र विपक्षी दल र पराजित उम्मेदवारसँग पनि सहकार्य गरी अघि बढ्न तयार रहेको उनले उल्लेख गरे ।

विजयीसभामा अछाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी यज्ञ बोगटी, प्रदेशसभा सदस्य विजयी माओवादी केन्द्रका नेता झपट बोहरा, अक्कल रावल, एमाले नेता हर्कबहादुर कुँवर, बलबहादुर सोडारीलगायतले बोलेका थिए ।