काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
गएराति भएको खेलमा वल्भरह्याम्पटनलाई २–० गोलअन्तरले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको हो ।
उसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी ४ अंकमा पुर्याएको छ ।
१८ औं मिनेटमा महम्मद सालेहको गोल मार्फत अग्रता बनाएको लिभरपुलका लागि भिर्गिल भान डिकले गोल थपेपछि लिभरपुलले १५ औं जित दर्ता गरेको हो ।
१८ खेलको समाप्तिमा लिभरपुल ४८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ४४ अंकमा दोस्रो स्थानमा छ ।
आज राति हुने खेलमा क्रिष्टल प्यालेसबिरुद्ध जित निकाल्न सके म्यानचेष्टर सिटीले लिभरपुलसँगको दूरी एक अंकमा झार्नेछ । प्रिमियर लिग फुटबलमा आज राति आठ खेल हुँदै छन् ।
खेलमा आर्सनल र बर्नले, वर्नमाउथ र ब्राइटन, चेल्सी र लेस्टरसिटी तथा हडर्सफिल्ड र साउथह्याम्टन भिड्ने छन् ।
त्यसैगरी म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, न्यूकास युनाइटेड र फूलह्याम, वेस्टह्याम युनाइटेड र वार्टफोर्ड तथा कार्डिफ र म्यानचेस्टर युनाइटेड पनि आजै भिड्दै छन् ।








प्रतिक्रिया दिनुहोस्