२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो स्थानमा


0
Shares

प्रतिनिधि सभातर्फ जिल्लामा खसेको ६८ हजार ७ सय ७२ मत मध्ये ३० हजार ९ सय ४७ मत एमालेले पाएको हो ।

दोस्रो स्थानमा रहेको कांग्रेसले १२ हजार ३ सय २० र तेस्रो स्थानमा रहेको माओवादी केन्द्र ७ हजार ४ सय ७९ मत पाएको छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६ हजार १ सय ६१ मत प्राप्त गर्दा संघीय समाजबादी फोरमले २ हजार ५ सय ५४ मत प्राप्त गरेको छ ।

जिल्लामा प्रतिनिधि सभातर्फ कुल ४९ दलले खाता खोल्दा ५ हजार ६ सय ६० मत बदर भएको छ ।