एसइई नतिजा प्रकाशनको त्रुटिलाई क्षमा दिन सकिँदैन : शिक्षामन्त्री, ‘सजाय भोग्न तयार’ • Image Khabar Image Khabar


एसइई नतिजा प्रकाशनको त्रुटिलाई क्षमा दिन सकिँदैन : शिक्षामन्त्री, ‘सजाय भोग्न तयार’


Imagekhabar
१५ असार २०७५, शुक्रबार ०४:४१

एसइई नतिजा प्रकाशनको त्रुटिलाई क्षमा दिन सकिँदैन : शिक्षामन्त्री, ‘सजाय भोग्न तयार’

काठमाडौं, असार १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरीय परीक्षा (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिलाई क्षमा दिन नसकिने स्पस्ट पारे ।

विद्यार्थीको भविष्यमाथि नै खेलबाड हुनेगरी भएको त्रुटि पत्ता लगाउन छानबिन भइरहेको मन्त्री पोखरेलको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले प्राविधिक कारणले एसइई परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएको स्वीकार्दै छानबिन समितिले जे भन्छ, सोबमोजिम सजाय भोग्न तयार रहेको बताए ।

एसइई परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको छ । समितिले शनिबार प्रतिवेदन बुझाउनेछ ।

समितिले छानबिन सुरु गरेका कारण विद्यार्थीले कुन विषयमा कति ‘ग्रेड’ ल्याए ? भन्ने प्रकाशन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्