२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजनीतिक विश्लेषकको टिप्पणी–‘मतपरिणाम स्वाभाविक’ (भिडियो)


0
Shares

कसैले यसलाई अप्रत्यासित नतिजा भनेका छन् भने कतिपयले यसलाई सामान्य भन्दै आएका छन् ।

राजनीतिक विश्लेषकहरुले भने यो मतपरिणामलाई स्वाभाविक मानेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो हैसियतअनुसार सिट संख्या ल्याउन नसकेको भन्दै तीव्र आलोचना भइरहेको छ ।

राजनीतिक विश्लेषकहरुले भने अहिलेको निर्वाचनको मतपरिणामलाई स्वाभाविक भएको टिप्पणी गरेका छन् । उनीहरुले वाम गठबन्धन र नेपाली कांग्रेसले आफ्नो हैसियतअनुसारकै मत ल्याएको विश्लेषण गरेका छन् ।

उनीहरुले चुनावको मुखैमा गाभिएर चुनाव लडेका वामपन्थी दलहरुसँग कांग्रेसले कडै टक्कर लिएको बताएका छन् ।

चुनावमा ल्याएको सिट संख्याको आधारमा नभइ मतदाताले वामपन्थी पार्टी र कांग्रेसलाई दिएको मतको आधारमा हेर्दा कांग्रेसले हारेको भन्न नमिल्ने टिप्पणी विश्लेषकहरुको छ ।

नेपाली कांग्रेसले आफू हारे पनि मुलुकलाई निकास दिनसक्ने क्षमता राख्नुपर्ने बताउँछन्, राजनीतिक विश्लेषक निलाम्बर आचार्य ।

अघिल्ला दुई निर्वाचनमा क्रमशः माओवादी केन्द्र र कांग्रेसलाई मतदाताले ठूलो दल बनाएको भन्दै उनले यसपटक वाम गठबन्धनलाई भूमिका दिएको बताए । उनले हार र जितभन्दा पनि मुलुकलाई निकास दिनुपर्ने बताए ।

अर्का राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले दलहरुले आफ्नो हैसियतअनुसारकै मत प्राप्त गरेको बताए ।

उनले माओवादीलाई शान्ति–प्रक्रियामा ल्याउने, संविधान जारी गर्ने र कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कांग्रेसले गरेकाले अहिले पनि उसलाई विश्वासको मत आएको बताए ।

अहिलेको मतपरिणाम सबैका लागि स्वीकार्य भएको उनको भनाइ थियो ।

राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि यसपटक जनताले वाम गठबन्धनलाई अनुमति दिएको विश्लेषकहरुको टिप्पणी छ ।

भिडियो हेर्नुहोस्