Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


कांग्रेस नेता जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस


0
Shares

निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‍याएको भन्दै मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले पूर्व सहमहामन्त्री जोशीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि कांग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।

जोशीले वागी उम्मेदवार हाल्दा प्रस्तावक र समर्थक बसेका अरु दुईजनालाई समेत कारबाहीका लागि सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मी आचार्यले बताइन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नम्बर–१ बाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो । 

एमाले कार्यकर्ताको आक्रमणमा २ जना घाइते

त्यस्तै, तनहुँको भिमाद बजारमा विजय जुलुस मनाउने क्रममा एमाले कार्यकर्ताको आक्रमणमा परी दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा राजु श्रेष्ठ र इलाका प्रहरी कार्यालय भिमादका प्रहरी हवल्दार प्रह्लाद गिरी रहेको सोही इलाकाका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक लालबहादुर क्षेत्रीले बताए ।

सोमबार राति विजय जुलुस मनाउँदै गरेका एमालेका बुद्धि श्रेष्ठलगायतका कार्यकर्तासंग विवाद भएपछि उनीहरूमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट श्रेष्ठको शरीरमा गहिरो चोट लागेको र प्रहरी हवल्दार गिरीको बाया हातको बुढी औँला ‘फ्याक्चर’ भएको छ ।

समानुपातिकतर्फ कांग्रेस अगाडि

त्यसैगरी, तनहुँमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना कार्य तीव्र पारिएको छ ।

तनहुँमा मंगलबार अपराह्नसम्म ५८ हजार ८३१ मत गणना हुँदा कांग्रेसले २५ हजार १९४, नेकपा एमालेले २४ हजार ५२० र माओवादी केन्द्रले ३ हजार २९ मत प्राप्त गरेको बताइएको छ । रासस