Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ


0
Shares

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलबार साँझसम्म सार्वजनिक १६१ स्थानको अन्तिम परिणाममा गठबन्धनले हालसम्म ११२ स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेले ७६ र माओवादी केन्द्रले ३६ स्थानमा विजय हासिल गरको छ ।

नेपाली कांग्रेसको २२ स्थानमा विजयी भएको छ भने संघीय समाजवादी फोरम ११ र राष्ट्रिय जनता पार्टी नेपाल ११ स्थानमा विजयी भएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नयाँ शक्ति पार्टी नेपाल एक, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ । स्वतन्त्रतर्फ एक उम्मेदवारले पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सुनसरी क्षेत्र नम्बर–३, स्याङ्जा क्षेत्र नम्बर–१ र २, तथा कैलाली क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । मतगणना जारी रहेका यी स्थानमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

त्यसैगरी, प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ पनि वाम गठबन्धनले दुईतिहाई भन्दा बढी स्थानमा जित हासिल गरेको छ । प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये ३२६ स्थानको अन्तिम परिणाममा गठबन्धनले २४१ स्थानमा जित हासिल गरेको छ । प्रदेशसभातर्फ पनि एमाले १७० र माओवादी केन्द्र ७१ स्थानमा विजयी भएको छ ।

त्यस्तै, कांग्रेसले ३८ स्थानमा जित हासिल गरेको छ । रासस