Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


पुरुष लिग भलिबलको उपाधिका लागि आर्मी र सशस्त्र भिड्ने


0
Shares

पोखरा, पुस ६ । पोखरामा जारी चौथो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् ।

शुक्रबार लिगको अन्तिम खेल खेल्नेक्रममा आर्मीले नयाँबजारलाई सोझो सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भयो ।

आर्मीले नयाँबजारलाई २५–१९, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै अंकतालिकामा १८ अंकसहित शीर्ष स्थानमा पुगेको हो ।

त्यसैगरी, सशस्त्र प्रहरीले जवालाखेल युथ क्लबमाथि जित निकाल्दै ३ अंक जोड्नेक्रममा चार सेट खेलेको थियो ।

अंकतालिकामा १७ अंकसहित दोस्रो स्थानमा रही सशस्त्रले उपाधि भिडन्तको यात्रा तय गरेको हो । 

त्यसैगरी, नेपाल पुलिस क्लबले पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने गरी ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझै सेटमा पराजित गर्न सफल भयो ।

तेस्रो स्थानका लागि नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीसँग शनिबार खेल्नेछ ।