२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अमेरिकाको अलबमाबाट २५ वर्षपछि डेमोक्रेट पार्टीले जित्यो सिनेटको सिट


0
Shares

रिपब्लिकन नेता एवं राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतासमेत जाँचिएको यस निर्वाचनमा डेमोक्रेट नेता दोङ जोन्सले २५ वर्षपछि पार्टीलाई जित दिलाएका हुन् ।

जोन्सले रिपब्लिकन उम्मेदवार रोय मोरेलाई हराए । तर, मोरे हार स्वीकार्न तयार देखिएका छैनन् । यद्यपि, राष्ट्रपति ट्रम्पले भने चुनाव जितेकामा जोन्सलाई बधाइ दिइसकेका छन् ।

मोरेमाथि चुनावी प्रचारकाक्रममा युवतीहरुमाथि यौनदुर्व्यवहार गरेको आरोपसमेत लागेको थियो ।

झिनो मतले चुनाव जितेका जोन्सले ४९ दशमलव ९ तथा मोरेले ४८ दशमलव ४ प्रतिशत मत पाएका छन् ।

७० वर्षीय मोरे पूर्वन्यायाधीश हुन् । यसअघिका सिनेटर जेफ सेसन महान्यायाधिवक्तामा नियुक्त भएपछि रिक्त सिटमा निर्वाचन गरिएको हो । (एजेन्सी)