२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


चन्द्र भण्डारीको नजरमा यी हुन्, कांग्रेसका गल्ती


0
Shares

बुधबार बुटवलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै गुल्मीबाट प्रतिनिधिसभा सदस्यमा पराजित भण्डारीले भारतले नाकाबन्दी गर्दा कांग्रेसले प्रतिवाद गर्न नसक्नु र ५ नम्बर प्रदेशका पहाडी जिल्ला छुट्याउन खोज्नु अर्को गल्ती भएको टिप्पणी गरे ।

निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ता गठबन्धनप्रति पूरै इमान्दार बन्दा पनि कांग्रेसले ठूलो हार व्यहोर्नुपरेको र आफू पनि त्यसैको शिकार भएको उनको भनाइ थियो ।

भण्डारीले कांग्रेसलाई कमजोर ठानेर अघि बढे वाम सरकारको आयु १८ महिनमै सकिने चेतावनी पनि दिए । उनले अहिले आएको निर्वाचन परिणामबाट कांग्रेस न आत्तिएको बताए ।