१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा तीनजना पक्राउ


0
Shares

सप्तरी, पुस ६ । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् ।

शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ ।

चरित्रहीनको झुटो आरोप लगाइ कपाल काटेर जुत्ताको माला लगाइ अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दु:खेसो पोखिन् ।

इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपीलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । रासस