
अपडेट
काठमाडौं, पुस ६ । अष्ट्रेलियामा जारी बिग बास ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन् ।
मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले सिड्नी थन्डरविरुद्ध राम्रो बलिङ गरेका हुन् । सन्दीपले २ विकेट लिए ।
बिग बासको तेस्रो खेलमा पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनायो ।
जासन सांघाले ३६ बलमा अविजित रहँदै ६३ रन बनाएको इनिङ्समा सन्दीप र एडम जाम्पाले समान २/२ विकेट लिएका हुन् ।
सन्दीपले कप्तान शेन वाट्सन र अर्का अष्ट्रेलियन खेलाडी कालुम फर्गुसनलाई आउट गरेका हुन् ।
४ ओभरमा ३६ रन दिएका सन्दीपले ८ डट बल फ्यालेका थिए । दयाने ब्राभोले १ विकेट लिए ।
खेलमा मेलबर्न १५ रनले पराजित भएको छ ।
वर्षाले खेल अवरुद्ध भएपछि ८ ओभरमा ९० रनको नयाँ चुनौती पाएको मेलबर्नले ६ विकेटको क्षतिमा ७४ रनमात्र बनाउन सकेपछि १५ रनले पराजित भएको हो ।
प्रतिक्रिया दिनुहोस्