१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


म्याग्दीमा ५० शैयाको अस्पताल निर्माण सुरु


0
Shares

जिल्लामै सबैभन्दा ठूलो सरकारी संरचनाको ५० शैया क्षमताको आधुनिक सुविधा सम्पन्न भवनलाई निर्धारित समयमै सम्पन्न गर्ने गरी शिलान्यास गरिएको छ ।

शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयद्वारा ठेक्का प्रणालीमार्फत भवन निर्माणको औपचारिक सुरुवात गरिएको बेनी अस्पतालले जनाएको छ ।

दुई वर्ष अगाडि क्षमता विस्तार गरिएको अस्पतालको नयाँ भवनको निर्माण कार्य सुरु गरिएको हो । ४ हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनमा ४ तला हुने छन् ।

काठमाडौंको महादेव खिम्ती गल्वा राफिना जेभी कम्पनीसँग गत वर्षको मंसिर २१ गते निर्माण सम्झौता भई निर्माण कार्य अगाडि बढाइए पनि ठेकेदार कम्पनीले लापरवाही गरेको गुनासो समेत गरिएको थियो ।

भवन निर्माणका लागि २४ करोड ४ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

राष्ट्रिय भवन निर्माण आचारसंहिता अनुसार भूकम्प प्रतिरोधी र अपांगतामैत्री भवन निर्माण गर्न लागिएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

५० शैयामा स्तरोन्नति भएसँगै अस्पतालमा भवन निर्माण र उपकरणको व्यवस्थापनको काम समेत भइरहेको छ ।