१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


३० किलो गाँजासहित दुईजना पक्राउ


0
Shares

काठमाडौंबाट विरगंज जाँदै गरेको ना२ख ७३११ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ट्रकको अगाडि पट्टीको क्याविनमा लुकाई राखेको अवस्थामा सेतो र पहेँलो गरी २२ वटा बोराभित्र गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा ट्रकका चालक पर्सा कल्याणपुरका हृदयनन्दप्रसाद यादव र विरगजंका आकाश सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।