Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त, यस्तो छ दलहरुको स्थिति


0
Shares

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली कांग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा माओवादी केन्द्रले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम नेपालले तीन लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ९५ हजार ४४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले एक लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९प्रजातान्त्रिक० ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टीले ५० हजार ४०१ र अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मत गणना भइरहेका जिल्लामा सुनसरी, धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, काठमाडौँ, चितवन, स्याङ्जा, अर्घाखाँची र प्यूठान, सुर्खेत, कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ । (रासस)