Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


छिमेकी देशहरु आत्तिनु पर्दैन, संविधान अनुरुप नै अघि बढ्छौं : दाहाल


0
Shares

नेपाल पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरेको शुभकामना एवं बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वाम गठवन्धनको उत्साहजनक जितलाई सारा विश्व समुदायले अति नै चासो र गहिरो ध्यानपूर्वक हेरेको भन्दै वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचार गलत रहेको स्पष्ट पारे । उनले संविधानको भावना र मर्मभन्दा बाहिर वामपन्थीहरुको सरकार नजाने प्रस्ट पारे ।

कांग्रेससहितका केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद आउने र निकुंशता जन्मने बताइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष दाहालले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष दाहालले राजनीतिक स्थीरता, आर्थिक विकास र सम्वृद्धिको यात्रातिर देशअघि बढेकोले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । जनताको सुशासन, सम्वृद्धि र विकासका प्रतिवद्धता एवं संकल्पहरु दृढतापूर्वक पूरा गर्ने दाहालले विश्वास दिलाए ।

यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं चितवन निर्वाचन क्षेत्र नं.–१ का निर्वाचित सांसद सुरेन्द्र पाण्डेले देशका विकासका लागि संकल्पसहितको सरकार र परिश्रमी जनता भए एक दशकमा देश बदलिने बताए । २००७ सालपछि ५ वर्ष सरकार चलाउने कुनै प्रधानमन्त्री नभएको कारण नेपाल पिछडिएको नेता पाण्डको भनाइ छ ।

उनले कांग्रेसको रचनात्मक भूमिका र सहयोगको अपेक्षा गर्दै सकारात्मक कुरालाई सँगै लिएर जाने बताए । वापमन्थीले जितेपछि प्रेस स्वतन्त्रतामा अंकुश लाग्छ कि भनेर गरिएको प्रचारको पछि नलाग्न नेता पाण्डेले पत्रकारहरुलाई सुझाव दिए ।