Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


पाँचपोखरी च्याम्पियन


0
Shares

काठमाडौं, पुस ६ । पाकिस्तानी दूतावासले आयोजना गरेको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकको पाँचपोखरी क्रिकेट क्लबले जितेको छ ।

शुक्रबार महाराजगन्ज, शंखपार्कस्थित दूतावासको क्रिकेट मैदानमा भएको फाइनल खेलमा रोयल इन्डोर क्रिकेट एकेडेमी काठमाडौंलाई ४३ रनले हराउँदै पाँचपोखरीले उपाधि जितेको हो ।

विजेतालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जाभेदले पुरस्कार तथा ट्रफी वितरण गरे ।

पाकिस्तानी दूतावासले विगत चार वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगिताको यो संस्करणमा विभिन्न जिल्लाका १६ टोलीको सहभागिता रहेको थियो ।