Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


सिमरा गोल्डकप माघ ३ देखि, विजेतालाई ६ लाख


0
Shares

बारा, पुस ६ । बाराको सिमरामा आगामी माघ ३ गतेदेखि दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक नवजनजागृति युवा क्लबले शुक्रबार बारामा पत्रकार सम्मेलन गरी गोल्डकपमा विदेशीसहित १० टिमको सहभागिता रहने जनाएको छ ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको एक उत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिता अवधिभर दर्शकहरुलाई एक लाखको बिमा गरिएको जनाइएको छ ।