१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


मुटु बाहिरै लिएर जन्मिएकी भ्यानेलोपीको सफल शल्यक्रिया (७ तस्वीर)


0
Shares

मेडिकल भाषामा ‘एक्टोपिया कोर्डिस’ भनिने अति दुर्लभ अवस्थाबाट आमाको गर्भाशयमै गुज्रिएकी ती शिशुको जन्मपश्चात बेलायतका  ५० जना चिकित्सकहरुको टोलिले सफल शल्यक्रियामार्फत उनको मुटुलाई शरीरभित्र राखिदिएका हुन् ।

डेलिमेल अनलाइन‘का अनुसार गर्भमा १६ हप्ता पुग्दा उनका बाबुआमाले उनीहरुको बच्चाको मुटु शरीरभन्दा माथि छातिमा अल्झिएको थाहा पाएका थिए । ती ब्रिटिश दम्पतिलाई गर्भ तुहाउन चिकित्सकले सुझाव दिएका थिए । तर, उनीहरुले बच्चा जन्माउने निर्णय गरे ।

मुटुबाहिरै लिएर जन्मिएकी ती बच्चाको रुवाइ सुनेपछि ती ब्रिटिश दम्पतिले त्यो क्षणलाई आश्चार्यजनक भन्दै खुशीले ओतप्रोत भएको प्रत्तिकृया दिएका छन् । मुटुबाहिरै लिएर भर्खर जन्मिएको आफ्नो छोरीको रुवाइसँगै आफूहरु पनि रोएको बताए ।

उनीहरुले छोरीको नाम भ्यानेलोपी रादिखिएका छन् । अहिले दुबै दम्पतीले आफ्नो छोरीको लागि श्वास फेरिरहेको हौँ कि जस्तो अनुभुति भएको ‘बीबीसी‘लाई बताएका छन् ।

मुटु बाहिर नै लिएर जन्मिएकी भ्यानेलनेपीलाई चिकित्सकहरुले तीनपटक शल्यक्रिया गरी उनको मुटुलाई शरीरभित्र मुटुकै स्थानमा राख्न सफल भएको अस्पतालले बताएको छ । यस्तो अवस्थामा पनि जिवित रहेकी भ्यानेलनेपी यूकेमा पहिलो बच्चा हुनसक्ने अस्पतालले उल्लेख गरेको छ ।

हरेक श्वासमा बाँच्नको लागि संघर्ष गरिरहेकी भ्यानेलोपीको भविष्यमा पुनः शल्यक्रिया गनुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । एजेन्सी