बिहीबार रिपोर्टर्स् क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कांगेसभित्र देउवालाई नचाहने र चर्चामा आउन खोज्ने केहीले चाहँदैमा देउवा सभापतिबाट नहट्ने बताए ।
मुलुकलाई निकास दिन र संविधान कार्यान्वयन गर्नसक्ने पात्र अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमात्रै रहेको भन्दै उनले दाहाललाई प्रधानमन्त्री स्वीकार्न आफूहरु तयार रहेको प्रस्ट गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धि सबै गुम्ने खतरा रहेको दाबी पनि उनले गरे ।
साक्षात्कारमा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले जनताले वामपन्थी सरकार चाहेको भन्ने निर्वाचनको नतिजाबाट स्पष्ट भएको भन्दै अब को प्रधानमन्त्री हुने भन्ने दुई दल बसेर टुंगो लगाउने बताए ।









प्रतिक्रिया दिनुहोस्