क्षेत्र नम्बर–३ का एमाले उम्मेदवार भगवती चौधरीलाई नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले राज्यको शक्ति दुरुपयोग गरेर पराजित गरेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उपप्रधानमन्त्री गच्छदार र निर्वाचन अधिकृत टिकाभूषण घिमिरेविरुद्ध प्रदर्शनकारीले नाराबाजी गरेका थिए ।
गच्छदारसँग ३२१ मतको झिनो मतान्तरले पराजित भएकी चौधरीले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोपसमेत लगाएकी छन् ।










प्रतिक्रिया दिनुहोस्