सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोसेढुंगाकोरुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्णरुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्न भएकामा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, निजामती, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, सशस्त्र प्रहरीलगायत सम्पूर्ण राष्ट्रसेवक तथा मतदातालाई धन्यवाद दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।
निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिइन् । रासस









प्रतिक्रिया दिनुहोस्